२२ जेठ २०८३, शुक्रबार

मुर्रा राँगो ल्याउन भारत जाने टोली तयार

साउन १९, २०८०
काठमाडौं
मुर्रा राँगो ल्याउन भारत जाने टोली तयार

कृषि   तथा   पशुपन्छी   विकास   मन्त्रालयले   भारतबाट मुर्रा जातको राँगो ल्याउन पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेको नेतृत्वमा विज्ञ टोली पठाउने भएको छ ।
 नेपाल–भारतबिच  भएको  सम्झौता  अनुसार  भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगो निःशुल्क उपलब्ध गराउने भएको छ । ती राँगो ल्याउनका लागि मन्त्रालयले चार सदस्यीय विज्ञ टोली भारत पठाउने भएको  छ  । 

 टोलीमा  महानिर्देशक  काफ्लेका  साथै  राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका प्रमुख शिवनाथ महतो, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख जगदीश पाण्डे र कृषि मन्त्रालय अन्तर्गतको क्वारेन्टाइन महाशाखाका राजेश यादव रहेका छन् । 

पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार टोली तयारी अवस्थामा छ, भारतबाट बोलाउने बित्तिकै जाने तयारी छ । 

 नेपाललाई मुर्रा जातको राँगो दिनका लागि  भारतले  पनि  केही  प्राविधिक  तथा  प्रशासनिक  कार्य मिलाउनुपर्ने भएकाले तत्कालै नबोलाएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्