०६ असार २०८३, शनिबार

कंगनाको फिल्म ‘सिमरन’ समीक्षा : अनौठो पात्रको रमाइलो कथा

कात्तिक २०, २०७४
कंगनाको फिल्म ‘सिमरन’ समीक्षा : अनौठो पात्रको रमाइलो कथा

काठमाडौं, ३० भदौ — प्रफुल पटेल (कंगना रनावत) ३० वर्षीया डिभोर्सी हुन् । घरैमा बस्ने उनी अमेरिकाको लास भेगासस्थित क्यासिनोमा जुवा खेल्ने बानी लागेपछि अपराधको संसारमा प्रवेश गर्छिन् । उनले चालेको एक गलत कदमका कारण उनी समस्यामा पर्दै जान्छिन् ।


फिल्मको कथा यही हो । ‘सिमरन’को राम्रो पक्ष भनेको सशक्त महिला पात्रको मुख्य भूमिका नै हो । निडर भएर उनी आफ्नै मर्जीअनुसार जिन्दगी जिउँछिन् । कन्डम नलगाइकन सेक्स गर्न उनी मान्दिनन् । अपराधको संसारमा पस्दा पनि उनी सोचविचार गर्दिनन्, पसिहाल्छिन् । उनका लागि जे छ, ठीक छ ।

तर यो पात्रको कथा चाहिँ सलल बगाइएको छैन । कथा बीचबीचमै भत्किएझैं लाग्छ । कथामा लोजिक पनि भेटिन्न । प्रफुलले बैंक लुट्ने क्रममा धेरै फिंगर प्रिन्ट र लिपस्टिकले लेखिएको नोट छोड्दा पनि उनलाई प्रहरीले पक्राउ गर्न नसकेको कुरा विश्वासिलो लाग्दैन ।

मिडियाले प्रफुललाई लिपस्टिक चोर नाम दिन्छ । अनि एटलान्टाको प्रहरी र बैंकका कर्मचारीहरू जोकरजस्ता देखिन्छन् । उनीहरू प्रफुललाई सजिलै बैंक लुट्न दिन्छन् ।

हंसल मेहताले शाहिद, सिटी लाइट्स, अलीगढ जस्ता गम्भीर फिल्म बनाएका छन् । उनले सिमरनलाई कमेडी बनाउन खोजेको हो त ? गम्भीर विषयलाई यसरी हलुका तरिकाले ट्रीट गरेको सुहाएन ।

यो फिल्ममा कंगना पूरै छाएकी छन् । उनी विनम्र वा साहसी जे देखिएपनि पर्दामा उनको महत्त्व झल्किएको छ । यस्तो नकारात्मक पात्रलाई मानवीयता दिनमा कंगनाले पूरा मेहनत गरेकी छन् ।

फिल्ममा अन्य कलाकारको काम चाहिँ साधारण मात्र छ ।

‘सिमरन’ले दर्शकलाई भावुक बनाउँदैन । तर फिल्ममा प्रफुलको भावनाप्रति सहानुभूति चाहिँ दिलाउँछ र यसो हुनुमा कंगनाको अभिनयको ठूलो हात छ ।

कंगनाका लागि तपाईंले यो फिल्म हेर्नुभए हुन्छ । तर धेरै ठूलो अपेक्षा लिएर नजानुहोला ।

फिल्मः सिमरन
कलाकारः कंगना रनावत, सोहम शाह आदि
विधाः क्राइम ड्रामा, कमेडी
निर्देशकः हंसल मेहता
रेटिङः ३.५/५

नवभारत टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्