२८ जेठ २०८३, बिहीबार

कृषि क्षेत्रको विकासका लागि नेपाललाई सहयोग गछौं– निर्देशक रिहाना

साउन १९, २०८०
काठमाडौं
कृषि क्षेत्रको विकासका लागि नेपाललाई सहयोग गछौं– निर्देशक रिहाना

कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफएडी)की एशिया प्यासिफिक क्षेत्र हेर्ने निर्देशक डा. रिहाना राजले नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न कोष प्रतिवद्ध रहेको बताएकी छन् । नेपाल भ्रमणमा रहेकी निर्देशक रिहानाले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुषालसँगको भेटमा कृषि क्षेत्रमा सहयोग बढाउने बताएकी हुन् ।

आगामी दिनमा नेपालका खाद्य सुरक्षा कायम गर्न विभिन्न परियोजनाबाट सहयोग जारी रहने उनले बताइन् । बिहीवार मन्त्रालयमा भएको छलफलका क्रममा अन्तराष्ट्रिय कोषको सहयोगमा सञ्चालित आयोजनाको निरन्तरताको  विषयमा छलफल भएको थियो । निर्देशक रिहानाले अर्थमन्त्रालयका अधिकारहरूसँग पनि छलफल गरेकी छिन् ।

कोषले किसानका लागि ऋण तथा अनुदान सहयोगका कृषि क्षेत्रका कार्यक्रम सञ्चालन गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्