३० जेठ २०८३, शनिबार

मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध दुई लाखको भ्रष्टाचार मुद्दा

साउन १९, २०८०
काठमाडौं
मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध दुई लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीविरुद्ध दुई लाख रुपैयाँ बिगो दाबी गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

उनका अनुसार ढकाललाई नगरपालिका तथा वडा कार्यालयमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिइरहेको अवस्थामा असार २२ गते पक्राउ गरिएको थियो । 

ढकालले नगरपालिका र वडा कार्यालयमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्