२२ जेठ २०८३, शुक्रबार

‘म न सन्त हुँ, न कथावाचक, म त गधा हुँ’

कात्तिक २०, २०७४
‘म न सन्त हुँ, न कथावाचक, म त गधा हुँ’

काठमाडौं, ३१  भदौ — नाबालिकासँग दुष्कर्म गरेको आरोप लागेका आशाराम बापु अहिले जोधपुरको जेलमा सजाय काटिरहेका छन् ।


नियमित सुनुवाइका क्रममा जोधपुरको अदालतमा पेश हुन आएका आशारामलाई पत्रकारहरूले प्रश्न सोधे ।

उनीहरूको प्रश्नबाट चिढिएर आशारामले भने, ‘म न सन्त हुँ, न कथावाचक, म त गधा हुँ ।’

पत्रकारले खासमा सन्त अखाडा परिषद्ले नक्कली बाबाहरूको सूची तयार पारेको अनि त्यसमा आशारामको नाम पनि राखेको विषयमा प्रतिक्रिया मागेका थिए ।

पछि एक पत्रकारले ‘तपाईं आफूलाई किन गधा भन्दै हुनुहुन्छ’ भनी प्रश्न गर्दा आशाराम रिसले चूर हुँदै केही नबोली अदालतभित्र प्रवेश गरेका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्