२७ असार २०८३, शनिबार

जाजरकोटमा जङ्गली च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त बिरामी

साउन १९, २०८०
जाजरकोट
जाजरकोटमा जङ्गली च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त बिरामी
फाइल फोटो

जङ्गली च्याउ खाँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् । 

विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो । मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेकी छिन् ।

आमा–छोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएलगत्तै आमा–छोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए ।

जङ्गलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभाबी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्