२४ असार २०८३, बुधबार

जनप्रीय युवाक्लवको सक्रियतामा गाँजा फडानी

कात्तिक २०, २०७४
जनप्रीय युवाक्लवको सक्रियतामा गाँजा फडानी

गुल्मी, ३० भदौ - गुल्मीको मदाने गाउपालिका वार्ड नं ६ पुर्कोट दहमा प्रहरी र स्थानीय क्लवको सक्रियतामा गाँजा फडानी गरिएको छ । ईलाका प्रहरी कार्यालय पुर्कोट दह गुल्मी र त्यहाँ सक्रीय जनप्रिय युवा क्लवको संयुक्त पहलमा लागु औषधको रूपमा प्रयोग गरिने गाजा फडानी तथा बरामद गरिएको हो ।

पछिल्लो समयमा जिल्लाव्यापी रुपमा गाजाका बोटहरु नष्ट गर्दै आएको प्रहरीले समाजमा यसबाट पर्न सक्ने संभावित क्षतिको आँकलन गर्दै आफुहरुले त्यहाँ सक्रीय जनप्रिय युवा क्लवको सहयोगमा करिब १२५ बोट फाँडेर इलाका प्रहरी कार्यालयमा राखिएको र उक्त गाँजा सुकेपछी नष्ट गरिने कुरा इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक केदार सुवेदीले बताउनु भयो ।

गाँजाकै व्यावसायीक खेती नगरीएको भए पनि बारीमा आफै उम्रीएको गाँजा पछी लागु औषधको रूपमा खास गरी युवा पुस्ताले प्रयोग गर्न सक्ने खतरा रहेकोले त्यसलाइ न्युनिकरण गर्न र समाजमा जनचेतना फैलाउन आफुहरुले गाजाँ नष्ट गर्ने अभियानमा प्रहरीलाइ साथ दिएको कुरा क्लवका उपाध्यक्ष बोम बहादुर थापाले बताउनु भयो ।

- कमल लम्सालको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्