
नेकपा माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि भदौ १६ गतेदेखि विशेष अभियान सञ्चालन गर्ने भएको छ । माओवादीले सरकारका कामको प्रचार र पार्टी सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने भएको हो ।
‘जनतासँग माओवादी’ नाम दिइएको अभियानमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी हुने भएका छन् । केन्द्रीय कमिटीको आइतवारको बैठकमा प्रचण्डले सातवटै प्रदेशका वडामा हुने अभियानमा सहभागी हुने बताएका हुन् ।
‘म र नारायणकाजीजी सातवटै प्रदेशमा पुग्छौं, सातवटै प्रदेशका वडासम्म पुग्छौं । यो अभियानमा तपाईहरू पनि सहभागी हुनुहोला’ प्रचण्डले बैठकमा भनेका थिए ।
अभियानका लागि ७ वटै प्रदेशमा इन्चार्ज तोकिएको छ ।