
सत्तारूढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । बुधवारदेखि काठमाडौंको कमलादीस्थति प्रज्ञा भवनमा शुरू भएको बैठक निर्धारित समयमा आज (आइतवार) सम्पन्न भएको हो ।
बैठकको समापन गर्दै माओवादि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने बताए । अभियानलाई लिएर सातवटा प्रदेशको ७ वटा वडामा आफू पनि पुग्ने उनले बताए ।

जनताको एउटा घर पनि नछाडि उनीहरूको गुनासो र आलोचना सुन्ने, सहिद परिवारको आफन्तलाई भेट्ने तीन महिले अभियान टुंग्याएर विधान सम्मेलनामा पुग्ने उनले उद्घोष गरे । 'हामी पुन: एकढिक्का भएका छौं । हामी भावनात्मक रूपले पनि एक जुट भएका छौं,' उनले भने 'मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर सरकारले थालेका सकारात्मक कामहरू जनतामा स्थापित गरेर जाने छौं । माओवादी फेरि देशको नेतृत्व लिनेगरी जाग्ने छ ।'