०७ साउन २०८३, बिहीबार

भदौमा रिलिज हुँदैछन् दयाहाङदेखि स्वस्तिमासम्मका फिल्म

साउन २१, २०८०
काठमाडौं
भदौमा रिलिज हुँदैछन् दयाहाङदेखि स्वस्तिमासम्मका फिल्म

केही महिनायता नेपाली फिल्ममा अपेक्षित दर्शक छैनन् । 

वैशाखमा प्रदर्शनमा आएको ‘जारी’पछिका अधिकांश फिल्महरू घाटामा गएका छन् । यस्तोमा फिल्मकर्मीको ध्यान अब भदौ महिनामा अडिएको छ । किनकी भदौमा आशा गरिएका केही फिल्महरू प्रदर्शनमा आउँदैछन् । 

महिनाको सुरुवातमा आकाश श्रेष्ठ र सलोन बस्नेत अभिनीत फिल्म ‘हिँड्दा हिँड्दै’ र सुरक्षा पन्त अभिनीत फिल्म ‘जुलेबी’ प्रदर्शनमा आउँदैछ । 

भदौ ८ गतेबाट सलोन बस्नेत र केकी अधिकारी अभिनीत फिल्म ‘जय हो’सँगै कार्म र मेनुका प्रधान अभिनीत फिल्म ‘महानगर’ प्रदर्शन हुँदैछ । 

त्यस्तै, भदौ १४ मा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल लगायतका कलाकारहरूको फिल्म ‘ऐंचौ पैंचो’सँगै मुकुन भुषालकै मुख्य भूमिका रहेको फिल्म ‘गणपति’ पनि प्रदर्शनमा आउँदैछ । 

यसपछि भदौं २९ मा एकातर्फ दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको अभिनय रहेको फिल्म ‘नांगो गाउँ’ प्रदर्शनमा आउँदैछ भने अर्कोतर्फ विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतको अभिनय रहेको फिल्म ‘भगवत गीता’ प्रदर्शनमा आउँदैछ । 

यी मध्ये केही फिल्मले दर्शक तान्दै राम्रो कलेक्सन गर्ने अपेक्षा गरिएको छ । भदौमा रिलिज हुने फिल्महरूले यतिबेला आ-आफ्नो तरिकाले प्रचारप्रसारलाई तीव्र बनाउँदै लगेका छन् ।​

शाहरुख खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘जवान’ पनि आगामी महिना आउँदैछ । यसरी हेर्दा फिल्मको​ सुस्ताएको बक्स अफिस भदौ महिनामा लयमा फर्किने आशा गर्न सकिन्छ । भदौपछि दशैँ र तिहारजस्ता चाडमा पनि आशा गरिएका फिल्महरू प्रदर्शनमा आउँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्