०२ साउन २०८३, शनिबार

जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि भेटियोः बालेन शाह

साउन २१, २०८०
काठमाडौं
जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि भेटियोः बालेन शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि देखिएको बताएका छन् । 
महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले आज गरेको अनुगमनका क्रममा जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि पाइएको शाहको भनाइ छ । 

‘गुणस्तर परीक्षणपछि यसको स्तरका विषयमा भन्न प्रयोगसिद्ध आधार हुने भएकोले परीक्षणका लागि प्रयोगशालामा पठाएका छौँ । यसबाट प्राप्त नतिजाका आधारमा जारको पानी व्यवसायप्रतिको दृष्टिकोण निर्माण हुनेछ’ शाहले सामाजिक सञ्जालमार्फत जनाएका छन् । 

व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले जारमा भरेर वितरण गर्ने पानीको गुणस्तरमा ध्यान नदिएको गुनासो पनि अनुगमन गरिएको महानगरपालिकाले जनाएको छ । 

शाहले उपभोक्तालाई पानीको शुद्धता यकिन गरेर मात्र जारको पानी खरिद गर्न, जार किन्दा उत्पादक, जारको सिलजस्ता गुणस्तर मापन गरिने पक्ष हेरेर मात्र खरिद गर्न अनुरोध गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्