३० जेठ २०८३, शनिबार

सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने

साउन २१, २०८०
काठमाडौं
सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने

सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने गर्ने भएका छन् । सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ । 

सभामुख घिमिरेले आज सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेक थिए । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उनले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्