२१ जेठ २०८३, बिहीबार

ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

साउन २१, २०८०
बुटवल
ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन् । मन्त्रिपरिषदको हालै सम्पन्न बैठकले लामालाई ५ वर्षे कार्यकालको लागि विकास कोषको उपाध्यक्ष नियुक्त गरेको हो ।

 विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)ले लामा कोषको उपाध्यक्षमा नियुक्त भएको लोकान्तरलाई जानकारी दिए । बुद्धिजम विषयमा स्नातकोत्तर लामा संविधानसभा सदस्य पनि थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट उनी माओवादी नेता समेत हुन् । लुम्बिनी विश्वका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र हो । 

कोषमा यसअघि अवदेश त्रिपाठी उपाध्यक्ष थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्