२८ जेठ २०८३, बिहीबार

गम्भीर मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई आममाफी दिन सकिँदैन : नेता लेखक

साउन २२, २०८०
काठमाडौं
गम्भीर मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई आममाफी दिन सकिँदैन : नेता लेखक
फाइल फोटो

नेपाली कांग्रेसका नेता रमेश लेखकले मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई आममाफी दिन नसकिने बताएका छन् ।

मावनअधिकार शान्ति समाजले आयोजना गरेको संसद्मा प्रस्तुत विधेयकका सम्बन्धमा गरिएको छलफलमा कांग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक समेत रहेका नेता लेखकले गम्भीर प्रकृतिका मानवअधिकार हननको घटनामा संलग्नलाई आममाफी दिन नसकिने बताए ।

‘गम्भीर प्रकृतिको मानवअधिकार हननको घटनामा संलग्नलाई आममाफी दिने गरी सरकारले संसद्मा पेश गरेको विधेयक परिमार्जन गर्न कांग्रेस तयार छ,’ उनले भने ।

प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानवअधिकार रहने, कानुनको शासन पनि जीवित रहने र दण्डहिनता पनि समाप्त हुने ढंगले विधेयक संसद्बाट पारित गराउने बताए । उनले मुलुकमा दण्डहिनताको अन्त्य हुने गरी विधेयकअघि बढाउने विषयमा आफूहरूले गम्भीरतापूर्वक छलफल गर्ने बताए ।

सशस्त्र द्वन्द्वकालका न्याय निरुपणका लागि भने संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकले काम गर्ने उनको भनाइ थियो । प्रमुख सचेतक लेखकले मुलुकमा मानवअधिकार, कानूनको शासन र दण्डहिनताको अन्त्य गर्ने कुरामा आफूहरू सदैव सचेत रहेको स्पष्ट पारे ।
 

salt training

कमेन्ट गर्नुहोस्