
पर्साको प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले १ लाख २४ हजार भारतीय रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भारतको बिहार जिल्ला पश्चिम चम्पारण पोस्ट भंगाहा जसौली बस्ने ३५ वर्षीय लालु मियाँलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
बीआर २२ एजे ३१९९ नम्बरको कालो रंगको सुपर स्पलेन्डर मोटरसाइकलमा रहेका उनलाई चेकजाँच गर्ने क्रममा पाइन्टको खल्तीबाट भारतीय प्रतिबन्धित ५०० दरका नोट २४९ थान, भारतीय १०० दरका नोट २ थान र २० दरका नोट ३ गरी जम्मा भातीय रुपैयाँ १ लाख २४ हजार ७६० फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।
