
राष्ट्रियसभा बैठक सोमबार बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
यसैगरी विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।