
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
अस्ट्रेलियामा एक कार्यक्रमको आयोजना गरेर फिल्मको ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो । प्रेम, रोमान्स र धोकाको कथा ट्रेलरमा देखाइएको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा लगायतको मुख्य भूमिका छ ।
टेक पौरखी राई फिल्मका निर्देशक हुन् । फिल्मको निर्मातामा सुरज ल्वागन (सरकार) र राज के. अधिकारी रहेका छन् ।
उनीहरूकै पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायतका व्यक्तिहरूको उपस्थितिमा अस्ट्रेलियामा कार्यक्रम गरिएको थियो ।