२१ जेठ २०८३, बिहीबार

विराटनगरमा कुनै पनि स्वास्थ्य संस्थाले डेंगु परीक्षणको ६ सयभन्दा बढी लिन नपाउने

साउन २२, २०८०
विराटनगर
विराटनगरमा कुनै पनि स्वास्थ्य संस्थाले डेंगु परीक्षणको ६ सयभन्दा बढी लिन नपाउने

विराटनगर महानगरपालिकाले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ । 

डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरूले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरूको बैठक राखेर शुल्क तोकेको हो । 

सरोकावालाहरूबीचको छलफलपछि विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाले डेंगुको किटबाट परीक्षण गर्दा अधिकतम ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी बताए ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बसेको बैठकले डेंगुको किटबाट परीक्षण गर्दा तत्कालका लागि ६ सय रुपैयाँभन्दा बढी  लिन नपाउने गरी शुल्क निर्धारण गरिएको अलीले बताए ।​

विराटनगरस्थित न्यू मोरङ डाइगोनोस्टिक सेन्टरसहितका केही स्वास्थ्य संस्थाले डेंगु परीक्षण गर्दा १८ सय रुपैयाँ लिएको भन्दै महानगरमा गुनासो आएको थियो ।

गुनासो सम्बोधन गर्ने उद्देश्यले सबै स्वास्थ्य संस्थाको शुल्कमा एकरुपता कायम गर्न सरोकारवाला सहमत भएका छन् । डेंगुको महामारी फैलिएको समयमा जनताले राहत पाउने गरी सेवा दिन मेयर कोइरालाले आग्रह गरेका छन । 

महानगरअन्तर्गतको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्