
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा ह्याम्दी अहमद इगेबालीले भेटवार्ता गरेकी छिन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटका क्रममा राष्ट्रपति पौडेलले गतवर्ष संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप(२७) सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूतमार्फत् इजिप्ट सरकारलाई बधाई दिएका छन् ।