![नागढुंगा–नौबिसे सुरुङको ‘रेस्क्यू टनेल’को यसरी गरियो ‘ब्रेक थ्रू’ [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/364173108_1435289457314129_5946308803655630045_n_A5VbiEVad2.jpg)
नागढुंगा–नौबिसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज सोमवार ‘ब्रेक थ्रू’ भएको छ ।
विक्रम संवत् २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ सोमवार खनिसकिएको छ ।
सोमवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेर रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ गरेका छन् ।
साढे २ किलोमिटर लम्बाइ रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २ दशमलव ६ किलोमिटर लम्बाइ रहेको मुख्य सुरुङको ५०६ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।












