२२ असार २०८३, सोमबार

उच्च अदालत हेटौँडाद्वारा एक हजारभन्दा बढी मुद्दा फैसला

साउन २२, २०८०
मकवानपुर
उच्च अदालत हेटौँडाद्वारा एक हजारभन्दा बढी मुद्दा फैसला

उच्च अदालत पाटन–हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७९/८० को अवधिमा एक हजार तीन सय १२ वटा मुद्दा फैसला गरेको छ । 

सो अदालतद्वारा आज आयोजित पत्रकारसगँको छलफलमा अघिल्लो आवबाट सरी आएको पाँच सय ४५ वटा र गत आव २०७९/८० मा एक हजार एक सय ९६ नयाँ मुद्दा दर्ता गरी जम्मा एक हजार सात सय ४१ वटा परेकोमध्ये एक हजार तीन सय १२ विभिन्न प्रकृतिका मुद्दा फैसला भएको जनाइएको छ ।

 साथै चार सय २९ मुद्दा फैसला हुन बाँकी रहेको बताइएको छ । फैसला हुन बाँकी रहेका मुद्दामध्ये १८ महिना कटेका मुद्दा एक, १२ महिना कटेका मुद्दा ३० र तीन सय ९८ मुद्दा एक वर्षभन्दा कम अवधिका रहेको अदालतका सूचना अधिकारी सरोज उप्रेतीले जानकारी दिए । 

 अघिल्लो आव २०७७/७८ मा एक हजार ३७ नयाँ मुद्दा दर्ता भएकामा आठ सय २६ मुद्दा फैसला भएको थियो । यस्तै २०७८/७९ मा एक हजार दुई  सय १० मुद्दा दर्ता भएको थियो । औसतमा हेर्दा मुद्दा दर्ताको सङ्ख्या पनि कम हुँदै गएको छ । अघिल्लो वर्षबाट दायित्व सरेर आएको एक सय २० छ महिना कटेको रहेको तथा मुद्दाको अङ्ग मिलाउन नै छ महिना लाग्ने गरेको बताइएको छ ।

 जिल्ला अदालतमा फैसला भएका तर मुद्दा फैसलामाथि चित नबुझेमा उच्च अदालतमा मुद्दा दर्ता हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा स्थानीय तह र जिल्ला अदालतमा हुने फैसलाका कारणले नै उच्च अदालतमा आउने मुद्दाको सङ्ख्या कम भएको जानकारी दिइएको छ । उच्च अदालतमा सरकारवादी लागुऔषध, जबरजस्ती करणी, देवानी, जग्गा किचलो र ज्यानसम्बन्धी मुद्दा धेरै आउने गरेको उप्रेतीको भनाइ छ । उच्च अदालत हेटाँैडा इजलासमा सात जना न्यायाधीश दरबन्दी रहेकोमा एक वर्षदेखि चार जना मात्र कार्यरत छन् । 

salt training

कमेन्ट गर्नुहोस्