
काठमाडौं, २६ पुस — फिलिपिन्सको दक्षिणपूर्वी इलाकामा मंगलवार ७.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । 
भूकम्प जमिनभन्दा ६१७ किलोमिटर तलबाट शुरु भएको थियो ।
सेलेबेस समुद्रमा भूकम्प आएको थियो । यही इलाकामा पाँच दिनअघि ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
अमेरिकाको सुनामी वार्निङ सेन्टरले भूकम्पछि सुनामीको सम्भावनाका बारेमा कुनै चेतावनी दिएको छैन ।
रोयटर्स