
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिवहरूको सरुवा गरेको छ । सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा कार्यरत रहेका उपसचिवहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएको हो ।
अमर्यादित हर्कत गरी विवादमा तानिएका झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा ल्याइएको छ ।
डमरुको ठाउँमा तार्केश्वर नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ ।
शिक्षा मन्त्रालयका उपसचिव तेज प्रकाश प्रसाईलाई रौतहटस्थित राजदेवी नगरपालिका, पथरी शनिश्वरे नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी खरेललाई ताप्लेजुङस्थित फुङलिङ नगरपालिका र सामान्य प्रशासन अन्तर्गतका शशी राईलाई पथरी शनिश्वरेमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका ३ जना उपसचिवहरू वुद्धिप्रसाद उपाध्याय, लेखनाथ ज्ञवाली र घनश्याम न्यौपानेलाई क्रमशः सर्लाहीस्थित कविलासी नगरपालिका, बलरा नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकामा सरुवा गरिएको छ ।
त्यसैगरी रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोखरेललाई सिराहास्थित कल्याणपुर नगरपालिका, भौतिक मन्त्रालयका उपसचिव वैकुण्ठ उपाध्यायलाई महोत्तरीको माटिहानी नगरपालिका, सार्वजनिक खरिद कार्यालयका उपसचिव गोविन्द घिमिरेलाई धनुषास्थित सवौला नगरपालिका, राष्ट्रिय योजना आयोगका कृष्ण व्याञ्जूलाई सर्लाहीस्थित बागमती नगरपालिका, अध्यागमन कार्यालयका माधव ढकाललाई रौतहटस्थित गरुडा नगरपालिकामा सरुवा भएको छ ।
त्यसै गरी वन मन्त्रालयका उपसचिव वासुदेव रेग्मीको सप्तरीस्थित शम्भुनाथ नगरपालिकामा, वनकै उपसचिव प्रमोद सिम्खडालाई रौतहटस्थित परोहा नगरपालिका, भूमि व्यवस्था मन्त्रालयमा कार्यरत तीन जना उपसचिवहरू खिमानन्द आचार्य,कृष्णप्रसाद भण्डारी र लक्ष्मीप्रसाद रेग्मीलाई क्रमशः सप्तरीस्थित हनुमान नगरकंकालिनी नगरपालिका, मौलापुर नगरपालिका र सिराहास्थित सिराहा नगरपालिकामा सरुवा गरिएको छ ।
त्यसैगरी निर्वाचन आयोगका उपसचिवद्वय ऋषिराम भुसाल र श्रीधर पन्थीलाई क्रमशः महोत्तरीस्थित बलवा नगरपालिका र धनुषास्थित हंसपुर नगरपालिमा सरुवा गरिएको छ ।