
बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/०७८ मा सञ्चालित विभिन्न आयोजनामा काम सम्पन्न नगरी भुक्तानी गरेर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कानु, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इञ्जिनीयर सुरेशकुमार यादव र सब-इन्जिनियर उपेन्द्र कुशवाहाले सामुदायिक भवन, बर्थिङ सेन्टर लगायतका आयोजनामा झूटो बिलका आधारमा ३७ लाख ९३ हजार २९२ रुपैयाँ भुक्तानी गरेको अभियोग पत्रमा उल्लेख छ ।
निर्णय र भुक्तानी प्रक्रियामा संलग्न चारैजनाविरुद्ध भुक्तानी बराबरको रकम बिगो कायम गरिएको छ भने सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्रप्रसाद यादव, सचिव विजयकुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवी लगायतसँग जनही करीब १९ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :