२४ जेठ २०८३, आइतबार

काठमाडौं–तराई मधेश फास्ट ट्रयाक निर्माणमा सबैको सहयोग र समन्वय आवश्यक छ : उपप्रधानमन्त्री खड्का

साउन २४, २०८०
काठमाडौं
काठमाडौं–तराई मधेश फास्ट ट्रयाक निर्माणमा सबैको सहयोग र समन्वय आवश्यक छ : उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औंल्याएका छन् ।

रक्षा मन्त्रालय र मातहतका निकायको आव २०७९/८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकमा उनले वर्तमान सरकारले द्रुतमार्गलाई विशेष महत्त्व दिएकै कारण लामो समयदेखि रोकिएका धेरै विषय मन्त्रिपरिषद्को एउटै बैठकले निर्णय गरेर गाँठो फुकाएको स्पष्ट गरे ।

सेनाका उच्च अधिकारीलाई उपप्रधानमन्त्री खड्काले भने, “केही अल्झनमा रहेको द्रुतमार्गको प्रस्थान  विन्दुबाहेक अन्यन्त्र सबै क्षेत्रको काम अघि बढाउनुस्, समस्या पहिचान गरी समाधानको उपाय खोजौं । नीतिगत निर्णयका आधारमा हुने ढिलाइ हटाऔं । निर्णय समयमा नहुँदा विकास निर्माणलाई क्षयीकरण भएको छ ।”

उनले कुन आयोजना, कुन ऐन र कानूनले अप्ठेरो पारेको र त्यसका सम्बोधन गर्न सकिन्छ कसरी भन्ने विषय समीक्षामा ल्याइनुपर्ने र त्यसलाई तत्कालै सम्बोधनका लागि प्रयास गर्नुपर्नेमा जोड दिए ।

आगामी २०८३ चैत मसन्तसम्ममा पूरा गर्ने लक्ष्य लिइएको द्रुतमार्ग आयोजना शुरु भएयताको हालसम्मको भौतिक प्रगति २५ दशमलव ५४ र वित्तीय प्रगति २८ दशमलव ११ रहेको सो अवसरमा जानकारी दिइयो ।

नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजना भ्याटसहितको शुरु लागत रु एक खर्ब ७५ अर्ब १२ करोड ४० लाख रहने अनुमान छ । आव २०७९/८० को लक्षित भौतिक प्रगति ३२ दशमलव ८६ र वित्तीय प्रगति ८३ दशमलव २८ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्