
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मुसिकोट नगरपालिका–१ सल्ले बस्ने २३ वर्षीया सिर्जना बुढा बोहरा र सोही नगरपालिका–५ टटेला बस्ने ३० वर्षीया शोभाकुमारी सुनार सोनी रहेका छन् ।
हस्तकली बुढाथोकी साउन १९ गते राति आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँके, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो । उक्त घरबाट चोरी भएका सुनको सिक्री १ थान, सुनको तिलहरी १ थान, सुनका कानवाली १ थान, सुनको चन्द्रमा १ थान समेत स्वरूप परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
उनीहरूउपर जिल्ला अदालत रुकूम पश्चिमबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।