०५ असार २०८३, शुक्रबार

विदेशिनेको सङ्ख्या बढ्दै : कर्णालीबाट तीन हजार बढीले लिए नयाँ श्रम स्वीकृति

साउन २५, २०८०
काठमाडौं
विदेशिनेको सङ्ख्या बढ्दै : कर्णालीबाट तीन हजार बढीले लिए नयाँ श्रम स्वीकृति
फाइल तस्वीर

पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।  आर्थिक वर्ष २०७९/०८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल सङ्ख्या तीन हजार तीन सय रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका  सूचना अधिकारी निर्मला रेग्मीले आव २०७५/०७६ मा नौ सय १९ पुरुष र महिला सात जनाले पुनः श्रम स्वीकृति लिएका जानकारी दिए । उनका अनुसार २०७६/०७७ मा एक हजार नौ सय ९० पुरुष र ३६ महिला ,  २०७७/०७८ मा छ सय ६७ पुरुष र आठ महिला र २०७८/०७९ एक हजार पाँच पुरुष र २६ महिलाले श्रम स्वीकृति लिएका थिए ।  

आफ्नो देशमाभन्दा अन्य देशमा काम गर्न बढी रुचाउने भएकाले गर्दा पनि विदेशिनेको सङ्ख्या बढ्दै गएको उनले बताए । श्रम तथा रोजगारका लागि नेपालबाट साउदी, कतार मलेसिया, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा जानेको सङ्ख्या बढिरहेको जनाइएको छ । 

उनले भने, 'उच्च शिक्षामा व्यवसायी तथा सीपमूलक शिक्षा अनिवार्य गर्नुपर्छ ।' कर्णालीको सल्यानबाट धेरै श्रम तथा रोजगारका लागि जाने गरेको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्