०१ साउन २०८३, शुक्रबार

चलचित्रमा काम दिने प्रलोभनमा नयाँ दिल्ली पुर्‍याइएकी नेपाली किशोरीको उद्धार

साउन २५, २०८०
काठमाडौं
चलचित्रमा काम दिने प्रलोभनमा नयाँ दिल्ली पुर्‍याइएकी नेपाली किशोरीको उद्धार
फाइल फोटो

भारतको मुम्बई लैजाँदै गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ ।

दैलेख घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेशनबाट उद्धार गरिएको हो । 

किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टका अनुसार एक व्यक्तिले राम्रो काम लगाइदिने र चलचित्रमा समेत काम दिलाइदिने प्रलोभन देखाएर ती किशोरीलाई घरपरिवारमा जानकारी नगराई लगेका थिए ।

मुम्बई जान हिँडेकी उनलाई त्यहाँ कुन ठाउँ जाने भन्नेसमेत जानकारी नभएको उनले जानकारी दिइन् । बालिकालाई अहिले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको  समन्वयमा ‘सिडब्लू सी’ मा पेश गरी सुरक्षित आवास गृहमा राखेर परामर्श भइरहेको र कानूनी प्रक्रिया पूरा गरी स्वदेश फिर्ता गराइने किन इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिए । 

उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभ लालच दिएर बोलाउँदा विश्वास नगर्न र घरपरिवारको जानकारीविना कहीँ कतै नजान महिला तथा बालबालिकालाई अनुरोधसमेत गरेकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्