०८ साउन २०८३, शुक्रबार
सांसद पक्राउ

शैक्षिक प्रमाणपत्र कीर्ते अभियोगमा पाँच जना डाक्टर पक्राउ

साउन २५, २०८०
काठमाडौं
शैक्षिक प्रमाणपत्र कीर्ते अभियोगमा पाँच जना डाक्टर पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा सांसद डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् । 

कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी गर्न काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले  अपरेशन चलाएको हो। 

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्