२३ जेठ २०८३, शनिबार

कैदीको शङ्कास्पद मृत्यु प्रकरण : छानबिन गर्न कोशी प्रदेश प्रहरी खाँदबारीमा

साउन २५, २०८०
संखुवासभा
कैदीको शङ्कास्पद मृत्यु प्रकरण : छानबिन गर्न कोशी प्रदेश प्रहरी खाँदबारीमा

सुरक्षा घेराभित्र दुई जना कैदीको शङ्कास्पद मृत्यु भएको घटनाको छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको समितिले आजदेखि काम सुरु गरेको छ ।

 प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समितिले अनुसन्धानको काम सुरु गरेको हो । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।

प्रहरीकै प्रत्यक्ष संलग्नतामा घटना भएको आरोप लागेपछि प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले घटनाको छानबिन गर्न प्रहरीका तर्फबाट अलग्गै समिति बनाएर खटाएका हुन्। जिल्ला कारागार सङ्खुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्