
नेपाली कांग्रेस संसदीय दलको बैठक आज शुक्रवार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ ।
बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेंगु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की स्कीन रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारे सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताए ।
शुक्रवारको बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बिहीवार दिउँसो बसेको थियो ।