×

NMB BANK
NIC ASIA

मोदीले सम्बोधन गर्दा संसद भवनबाट बाहिरिए विपक्षी सांसद

काठमाडाैं | साउन २६, २०८०

NTC
Premier Steels

 तीन दिनसम्म चलेको बहसको अन्त्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको जवाफपछि बिहीबार भरतीय संसदमा अविश्वासको प्रस्ताव  ध्वनिमतको आधारमा परास्त भएको छ ।

Muktinath Bank

काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीसहित विपक्षी सांसदहरू सदनबाट बाहिर निस्केको केही समयपछि सभामुखले आह्वान गरेको ध्वनिमतमा उक्त प्रस्ताव पराजित भएको हो । उक्त दृष्य भारतीय टेलिभिजनहरूमा देखाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिइरहेका बेला विपक्षी दलका सदस्यले उनको सम्बोधन बहिस्कार गर्दै बिहीबार संसद भवनबाट बाहिरिएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीले विभिन्न विषयमा विपक्षीले उठाएको सवालको जवाफ गरिरहँदा विपक्षी गठबन्धन (आई.एन.डी.आई.ए) समूहका सदस्यहरूले सम्बोधनलाई बहिस्कार गरी सदनबाट बाहिरिएका हुन् । उनीहरूको उद्देश्य प्रधानमन्त्रीको सम्बोधनका क्रममा विपक्षी बेन्चहरू खाली गर्ने रहेको देखिएको थियो । 

Vianet communication

आफ्नो भाषणको क्रममा प्रधानमन्त्री मोदीले विपक्षी दलहरूमाथि कटाक्ष गर्दै अविश्वासको मत आफ्नो दल वा गठबन्धनलाई सन् २०२४ को लोकसभा निर्बाचन बिजयका लागि भगवानको आशीर्वाद भएको बताए । 

प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे । 

“परमेश्वर धेरै दयालु हुनुहुन्छ र कुनै माध्यमद्वारा बोल्नुहुन्छ । विपक्षले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो भगवानको आशीर्वाद हो भन्ने मलाई विश्वास छ ।” उनले भने । 

अविश्वासको प्रस्तावमाथि मंगलबारदेखि बहस सुरु भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x