२९ असार २०८३, सोमबार

मोदीले सम्बोधन गर्दा संसद भवनबाट बाहिरिए विपक्षी सांसद

साउन २६, २०८०
काठमाडौं
मोदीले सम्बोधन गर्दा संसद भवनबाट बाहिरिए विपक्षी सांसद

 तीन दिनसम्म चलेको बहसको अन्त्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको जवाफपछि बिहीबार भरतीय संसदमा अविश्वासको प्रस्ताव  ध्वनिमतको आधारमा परास्त भएको छ ।

काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीसहित विपक्षी सांसदहरू सदनबाट बाहिर निस्केको केही समयपछि सभामुखले आह्वान गरेको ध्वनिमतमा उक्त प्रस्ताव पराजित भएको हो । उक्त दृष्य भारतीय टेलिभिजनहरूमा देखाइएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिइरहेका बेला विपक्षी दलका सदस्यले उनको सम्बोधन बहिस्कार गर्दै बिहीबार संसद भवनबाट बाहिरिएका थिए । 

प्रधानमन्त्रीले विभिन्न विषयमा विपक्षीले उठाएको सवालको जवाफ गरिरहँदा विपक्षी गठबन्धन (आई.एन.डी.आई.ए) समूहका सदस्यहरूले सम्बोधनलाई बहिस्कार गरी सदनबाट बाहिरिएका हुन् । उनीहरूको उद्देश्य प्रधानमन्त्रीको सम्बोधनका क्रममा विपक्षी बेन्चहरू खाली गर्ने रहेको देखिएको थियो । 

आफ्नो भाषणको क्रममा प्रधानमन्त्री मोदीले विपक्षी दलहरूमाथि कटाक्ष गर्दै अविश्वासको मत आफ्नो दल वा गठबन्धनलाई सन् २०२४ को लोकसभा निर्बाचन बिजयका लागि भगवानको आशीर्वाद भएको बताए । 

प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे । 

“परमेश्वर धेरै दयालु हुनुहुन्छ र कुनै माध्यमद्वारा बोल्नुहुन्छ । विपक्षले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो भगवानको आशीर्वाद हो भन्ने मलाई विश्वास छ ।” उनले भने । 

अविश्वासको प्रस्तावमाथि मंगलबारदेखि बहस सुरु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्