२४ जेठ २०८३, आइतबार

डेंगुबाट १ जनाको मृत्यु

साउन २६, २०८०
चितवन
डेंगुबाट १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीवार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । 

चालू आर्थिक वर्ष २०८०/८१ मा डेंगुको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेंगुको संक्रमण देखिएको सूचना अधिकारी केसीले बताए । ५३२ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ठेगना नखुलेका ६ जना र जिल्ला बाहिरका १७ जना रहेका उनले जानकारी दिए । चितवनका ३० जनामा डेंगुको संक्रमण देखिएको छ ।

गत आर्थिक वर्षमा डेंगुका कारण चितवनमा ६ जनाको मृत्यु भएको थियो । जसमध्ये ४ जना चितवनका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्