२२ जेठ २०८३, शुक्रबार

मध्यरातबाट मौन अवधि : उल्लंघन गरे उम्मेदवारी रद्ददेखि १ लाख जरिवानासम्म

कात्तिक २०, २०७४
मध्यरातबाट मौन अवधि : उल्लंघन गरे उम्मेदवारी  रद्ददेखि १ लाख जरिवानासम्म
काठमाडौं, ३१ भदौ –प्रदेश नम्बर २ मा तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि गएराति १२ बजेबाट मौन अवधि शुरु भएको छ । प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन हुँदै छ |election_commision 1

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगत्ले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भए अनुसार आचरण पालना गर्न सबैसँग आग्रह गरेको छ ।
निर्वाचन आयोगका अनुसार मौन अवधिको उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्द देखि १ लाख सम्म जरिवाना हुन सक्छ भने मौन अवधि उल्लंघन गरे/नगरेको आयोग स्वयंले अनुगमन गरी कारबाही गर्न सक्नेछ ।

मौन अवधिमा के-के गर्न नहुने ?

१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न हुन्न ,

२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका
आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्छ ।

३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न हुन्न ।

४. उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन हुन्न ।

५. उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइदैन ।

salt training

कमेन्ट गर्नुहोस्