
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपरेसन फोक्सट्रोट चार्लीअन्तर्गत ७ जना डाक्टरलाई पक्राउ गरेको छ ।
सीआईबीले नेपाली कांग्रेसका सासंद सुनिल शर्मासहित ७ जनालाई पक्राउ गरेको छ ।
महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो ।
आज शुक्रवार ब्युरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङबाट मनित चौधरीलाई पक्राउ गरेसँगै पक्राउ पर्नेहरू ७ जना पुगेका हुन् ।