३१ जेठ २०८३, आइतबार
निरन्तर सहकार्य

नछुट्टिएर सँगसँगै अगाडि बढिरहेका चर्चित हास्य जोडी

साउन २७, २०८०
काठमाडौं
नछुट्टिएर सँगसँगै अगाडि बढिरहेका चर्चित हास्य जोडी

जोडी बाँधेर कलाकारितालाई अगाडि बढाउने चलन नेपाल टेलिभिजनको स्थापना हुनुभन्दा धेरै वर्ष पहिलेबाटै शुरू भएको थियो । हास्य–व्यंग्य प्रस्तुत गर्ने कलाकारहरू रंगमञ्चमार्फत् दर्शकमाझ लोकप्रिय भइसकेका थिए । 

पुराना कलाकारहरूका अनुसार जोडी बनाएर हास्यव्यंग्य प्रहसन गर्नेको पहिलो पुस्तामा राजपाल थापा र ध्रुवरत्न हाडा (हाडापाल) लगायतको जोडीको नाम आउँछ ।

२०२० को दशकबाट जोडी बनाएर हास्य व्यंग्य प्रहसन गर्ने हाडापाल जोडीको प्रस्तुति त्यतिबेला दर्शकले निकै मन पराउने गरेको जानकारहरू स्मरण गर्छन् । 

त्यसबेला भीमबहादुर थापा र हेमजंग पाण्डेले पनि (थापा र पाण्डे) जोडी बनाएर हास्य व्यंग्य प्रस्तुत गरेको जानकारहरू बताउँछन् । त्यो समयदेखि यो समयसम्म आउँदा हास्य व्यंग्यको क्षेत्रमा थुप्रै कलाकारहरूले जोडी बनेर सहकार्य गरे । दर्शकको मन जिते । तीमध्ये धेरै जोडीहरू केही वर्षमै छुट्टिन पुगे । केही जोडीहरू भने नछुट्टिएर निरन्तर सँगसँगै अगाडि बढिरहे ।
 
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह ) जोडी

हास्य जोडी भन्नेबित्तिकै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को नाम अग्रपंक्तिमा आउँछ । मह जोडीलाई नेपाली कलाकारिता क्षेत्रको सबैभन्दा चर्चित जोडीका रूपमा पनि लिइन्छ ।

null

विक्रम संवत् २०३८ सालमा बैंकेश्वर शीर्षकको प्रहसनबाट सहकार्य गर्दै आएका मदनकृष्ण र हरिवंश हास्य व्यंग्य क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म सहकार्य गर्ने जोडी हो । उनीहरूले देश–विदेशका स्टेज कार्यक्रमदेखि टेलिफिल्म, म्युजिक भिडियो, विज्ञापन, फिल्ममा समेत सहकार्य गरेका छन् । विभिन्न कार्यक्रमहरूमा समेत मह जोडीलाई सँगै देख्न पाइन्छ । 

दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी

अभिनेता एवं निर्माता दीपकराज गिरी र अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाको जोडी पनि कलाकारितामा लामो समयदेखि जमिरहेको जोडी हो । यी दुवैले ३ दशकभन्दा लामो सहकार्य गरिसकेका छन् ।

रेडियो कार्यक्रम ‘रामविलास र धनियाँ’मार्फत जोडी भएर उनीहरूले स्रोताको मन जितेका थिए । ‘तीतो सत्य’मार्फत उनीहरूको जोडी अझ फस्टाउन पुगेको थियो । उनीहरू एक समय स्टेज कार्यक्रममा निकै खोजिने कलाकारमा पर्दथे । पछि यी दुवैले अन्य कलाकारहरूलाई पनि जोडेर फिल्म निर्माणमा हात हाले । एकपछि अर्को फिल्मबाट सफलता पनि पाइरहेका छन् ।

null

गत वर्ष मात्रै उनीहरूको फिल्म ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आएको थियो । भदौबाट त उनीहरूले फिल्म हल समेत सञ्चालनमा ल्याउँदैछन् ।

धुर्मुस–सुन्तली : रिलको मात्र होइन, रियलकै जोडी

‘मेरी बास्सै’मा सँगै काम गरेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडी घरकै जोडी बन्न पुगे । यो जोडीले देशदेखि विदेशका थुप्रै स्टेज कार्यक्रममा पुगेर दर्शकलाई हँसाए, कलाकारिताबाट लोभलाग्दो फ्यान फ्लोइङ कमाए ।
 
२०७२ सालमा नेपालमा भूकम्प गएपछि उनीहरू सिरियल छाडेर सामाजिक काममा सक्रिय हुन पुगे । 

null

केही वर्ष सामाजिक काममा लागेका उनीहरू फेरि सक्रिय कलाकारितामा फर्किने तयारी गर्दैछन् । २ महिना अगाडि मात्रै उनीहरूले वेब फिल्म ‘म त मर्छु कि क्या हो’ सार्वजनिक गरेका थिए । वेब फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

धेरैले ‘धुर्मुस सुन्तली’लाई सक्रिय कलाकारितामा फर्किएको हेर्न चाहेको समेत बताएका छन् । यो जोडीले चाँडै नै सक्रिय कलाकारितामा फर्किने तयारी गरेको छ । 

शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ र सुरेन्द्र केसी ‘मुलासाग’

गाईजात्रे प्रहसनका लागि शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ र सुरेन्द्र केसी ‘मुलासाग’ले बाँधेको जोडी पनि राम्रै जम्न पुग्यो । 

null

एक समय यो जोडी देशदेखि विदेशका स्टेज कार्यक्रममा निकै व्यस्त रह्यो । पछिल्ला वर्षमा भने उनीहरू स्टेजमा अलि कम देखिन्छन् । यद्यपि यो जोडी अहिलेसम्म छुट्टिएको भने छैन ।
 
शिवशंकरका अनुसार उनीहरूको जोडी आउँदो दशैंमा स्टेज प्रस्तुतिका लागि इजरायल जाँदैछ । 

अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’

‘भद्रगोल’मार्फत दर्शकको प्रिय बनेका अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ जोडीका रूपमा एक समय स्टेज कार्यक्रममा निकै व्यस्त बने । देशदेखि विदेशसम्म पुगेर दर्शकलाई मनोरञ्जन दिए । 

null

पछिल्ला वर्ष स्टेजतिर कमै हिँड्ने उनीहरू ‘सक्किगोनि’ सिरियलमार्फत भने दर्शकलाई हँसाइरहेका छन् । यी दुवैले संयुक्त रूपमा सिरियलको लेखन एवं निर्देशन गर्दै आएका छन् । 

‘भद्रगोल’बाटै सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोच’लाई पनि दर्शकले जोडीका रूपमा माया गरे । उनीहरू स्टेज कार्यक्रममा जोडी बनेर बाक्लै हिँडे । nullस्टेज कार्यक्रम मात्र होइन, म्युजिक भिडियोमा पनि एक समय यो जोडी निकै व्यस्त रह्यो । 

‘गाह्रो छ हो’ सिरियलमा बेगम नेपाली ‘भटभटे माइला’ र रियाशा दाहाल ‘पुलती’को जोडी जमिरहेको छ । उनीहरू केही समय अघिसम्म स्टेज कार्यक्रममा पनि जोडीका रूपमा पुग्ने गरेका थिए । बेगम र रियाशाले म्युजिक भिडियोमा समेत सहकार्य गरेका छन् । अन्य केही कलाकारहरू समेत जोडी बनाएर कलाकारितामा सक्रिय छन् ।
null

salt training

कमेन्ट गर्नुहोस्