०७ साउन २०८३, बिहीबार

‘राइट टु रिकल’ : मतदान गराएर आफ्ना जनप्रतिनिधिहरूको मूल्यांकन गर्दै जनमत पार्टी

साउन २७, २०८०
काठमाडौं
‘राइट टु रिकल’ : मतदान गराएर आफ्ना जनप्रतिनिधिहरूको मूल्यांकन गर्दै जनमत पार्टी

जनमत पार्टीले आफ्ना स्थानीय जनप्रतिनिधिहरूको मतदानमार्फत् मूल्यांकन गर्दैछ । स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको अनुमोदन मूल्यांकन अर्थात् 'एप्रुभल रेटिङ'का लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको जनमत पार्टीले जनाएको छ । 

निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान भइरहेको पार्टीले जनाएको छ ।  २०८० बैशाख ३० गते पहिले पार्टीको सदस्यता लिएकाहरूले मतदान गरिरहेका छन् । 

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयका अनुसार राइट टू रिकलको अवधारणा अनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको लेखाजोखा गर्न विभिन्न स्थानीय तहमा आज मतदान गरेको हो । 

‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरूले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्यांकनका लागि पहिलो पटक एप्रभुल रेटिङ्ग गर्न लागिउको पार्टीले जनाएको छ ।

स्थानीय जनप्रतिनिधिहरूको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमा पहिलोपटक हुन लागेको जनमत पार्टीले दाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्