३० असार २०८३, मंगलबार

ओलीलाई भेट्न पुगे दुई छोरी, अर्को महिना लुगा किनिदिने

साउन २७, २०८०
काठमाडौं
ओलीलाई भेट्न पुगे दुई छोरी, अर्को महिना लुगा किनिदिने

एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका ठिन्ले साङ्मु लामा र छिरिङ लामा उनलाई भेट्न बारम्बार गइरहन्छन् । ओलीले ठिन्ले र छिरिङलाई 'छोरी' भनेर सम्बोधन गर्छन् । 

शनिबार स्कूल बिदाको दिन पारेर मुगु स्थायी ठेगाना भएका उनीहरु आफूलाई भेट्न आइरहने ओलीले सामाजिक सञ्जालमार्फत बताएका छन् । ‘शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज पनि आएका थिए।  बालाई  भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए। तर मेरो फूर्सद मिलेन । घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो । केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ।’

ओलीले उनीहरुले राम्रोसँग पढ्छु भनेको भन्दै प्रसन्नता पनि व्यक्त गरेका छन्।  ओलीले उनीहरूका लागि अर्को महिना लुगा किनिदिने पनि बताएका छन् । ‘अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ । खुशी छन् छोरीहरु’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्