
पछिल्लो तीन घण्टामा मकवानपुरका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुरको गढी र हेटौँडा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको हो ।
सो क्षेत्र भई बहने कर्रा, सम्री खोला र अन्य स-साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यी क्षेत्रका नदी र खोलाको तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
'पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने कर्रा, सम्री खोला र अन्य स-साना खोलामाआकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू-भागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाऔँ,' महाशाखाले जारी गरेको विशेष सूचनामा भनिएको छ ।