१३ असार २०८३, शनिबार
बाढीपहिरो

देशभरका चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध, ३९ सडकमा एकतर्फी यातायात सञ्चालन [सूचीसहित]

साउन २८, २०८०
काठमाडौं
देशभरका चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध, ३९ सडकमा एकतर्फी यातायात सञ्चालन [सूचीसहित]
फाइल तस्वीर

बाढीपहिरोले देशभरका चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार बाढीपहिरोले तमोर करीडोरअन्तर्गत चतरा-मुलघाट सडक अवरुद्ध भएको छ । 

यस्तै, तानसेन-रिडी-कोरला सडक, प्युठान- सुर्खेत सडक र डुम्रे-बेशीसहर-चामे सडक पनि बाढीपहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

बाढीपहिरोले देशभरका ३९ सडक एकतर्फी अवरुद्ध भएको विभागले जनाएको छ । ती सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन् । 

विभागका अनुसार पृथ्वी राजमार्गअन्तर्गत नौविसे-मुग्लिन-पोखरा सडक, अरनिको राजमार्गअन्तर्गत काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी सडकलगायत ३९ वटा सडक एकतर्फी सञ्चालन भइरहेका छन् । 

यी हुन् एकतर्फी यातायात सञ्चालनमा रहेका ३९ सडक 

nullnullnullnull
 

salt training

कमेन्ट गर्नुहोस्