२६ जेठ २०८३, मंगलबार

बबई र मानखोलाको जलसतह सतर्कता तह नजिक, आसपासमा उच्च सतर्कता अपनाउन आग्रह

साउन २८, २०८०
काठमाडौं
बबई र मानखोलाको जलसतह सतर्कता तह नजिक, आसपासमा उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्वीर

बाँकेको मानखोला बेलगाँउ केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जलसतह अझै बढ्दो क्रममा रहेको छ । 

मानखोला तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागहरूमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

यस्तै बबई नदी चेपाङ र भादा केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको महाशाखाले जनाएको छ ।  त्यहाँ पनि जलसहत बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । बबई नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्