०३ साउन २०८३, आइतबार
बर्दियामा भारी वर्षा

वर्षासँगैको बाढीले बर्दियाका विभिन्न ठाउँ जलमग्न : २५० घर डुबानमा, तीन जना बेपत्ता

साउन २८, २०८०
काठमाडौं
वर्षासँगैको बाढीले बर्दियाका विभिन्न ठाउँ जलमग्न : २५० घर डुबानमा, तीन जना बेपत्ता
तस्वीर : मानुषी यमिको ट्वीटरबाट

अविरल वर्षासँगैको बाढीले बर्दियाका विभिन्न ठाउँहरू जलमग्न बनेका छन् । गए रातिदेखि परेको अविरल वर्षासँगैको बाढीले बर्दियाका दर्जनौं बस्ती डुबानमा परेका हुन् । 

पूर्वपश्चिम राजमार्गको सडक छेउसम्मै पानी भरिएको छ । राजमार्ग छेउमा भरिएको पानीले यातायात नै अवरुद्ध हुने अवस्था आएको हो । 

बारबर्दिया नगरपालिका र बासगढी नगरपालिकाका विभिन्न ठाउँका साढे दुई सय जति घरहरू डुबानमा परेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार डुबानमा परेका बस्तीका बासिन्दालाई उद्धारगरी सुरक्षित स्थानमा राखिएको छ । 

'अहिले पनि पानी परिरहेको छ । यहाँका नदीको जलसतह खतराको तह आसपास पुगेको छ,' उनले भने, 'बासगढी बारबर्दियाका २५० जति घरहरू डुबानमा परेका छन् । स्थानीयलाई उद्धारगरी सुरक्षित स्थानमा राखिएको छ ।'

null

बाढीमा तीन जना हराइरहेको उनले बताए । उनका अनुसार बबई नदी आसपास दाउरा लिन गएका तीन पुरुष हराएका हुन् । उनीहरूको खोजी कार्य भइरहेको उनले बताए । 

बर्दियामा आज भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियाको रम्भापुर र रानी वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो । 

सो क्षेत्रमा थप वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यी क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्