११ असार २०८३, बिहीबार

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

साउन २८, २०८०
काठमाडौं
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन
फाइल फोटो

पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत दमौली–डुम्रे सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । 

तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो । 
 
केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरो हटाएर आवागमन सञ्चालन गरिएको उनले बताए ।

जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरो पन्छाइएको खाँणले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्