
नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए ।
‘जनमत पार्टीलाई सरकारमा ल्याउन उहाँ (मोदी)को राजीखुशीमै फिर्ता बोलाउने निर्णय भएको छ,’ ती नेताले लोकान्तरसँग भने, ‘सोमवार नयाँ मन्त्रीको शपथ हुने सम्भावना छ ।’
मोदीलाई फिर्ता बोलाए पनि जनमतले संघीय मामिला मन्त्रालय लिने कि अन्य भन्नेमा अझै सहमति जुटिनसकेको स्रोतले बतायो ।
जनमतले उद्योग वा कृषि मन्त्रालयमा दाबी गर्दै आएको छ ।