
खोलाले बगाएर दाङमा आइतवार एक जनाको मृत्यु भएको छ ।
जिल्लाको पत्रे खोलाले बगाएर घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विकको मृत्यु भएको हो । बिहान शौच गर्न निस्केका विक खोलाले बगाएर बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मिरा खड्काले करिब ७ किलोमिटर तल घोराही–९ तेघरामा दिउँसो विकको शव फेला परेको बताइन् ।
परिवारले खबर गरेपछि विभिन्न प्रहरी इकाईबाट खटिएका प्रहरीले खोजतलास शुरू गरेका थिए ।