२४ जेठ २०८३, आइतबार

हिमाली क्षेत्रमा हुने उडान १२ बजेसम्म मात्रै, मौसमको अनुकूलतामा उद्धार उडानलाई छुट

साउन २८, २०८०
काठमाडौं
हिमाली क्षेत्रमा हुने उडान १२ बजेसम्म मात्रै, मौसमको अनुकूलतामा उद्धार उडानलाई छुट

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा दिउँसो १२ बजेपछिको उडानमा रोक लगाएको छ ।

हवाई क्षेत्रको नियामक निकाय क्यानले मनसुनको समयमा हवाई यात्रामा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न लगाएको यस्तो प्रतिबन्ध लगाएको हो । तर मौसमको अनुकूलतामा हुने उद्धार उडानमा भने लागु नहुने प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले आइतवार प्रत्रकार सम्मेलन गरेर सम्बन्धित विमानस्थलको सञ्चालन समयभित्र मौसमी अनुकूलतामा नियमित उडान सञ्चालन हुने बताएको छ ।

मौसमको अनुकूलतामा अत्यावस्यक, उद्धार, विशेष प्रकारको जहाजको उडान तथा हेलिकप्टरको उडानमा कुनै रोक तथा प्रतिबन्ध नलगाइएको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले भने यात्रुको सुरक्षालाई ध्यानमा राखेर नियमित उडानका तथा चार्टर उडानका वायुसेवाको हकमा तोकिएको उडान समय भित्रै उडान गर्नुपर्ने व्यवस्था गरेको बताएको छ । प्राधिकरणले उडान हुने विमानस्थल, इनरुट र गन्तव्य विमानस्थलको मौसम सफा रहेको अवस्थामा भने कुनै पनि उद्धार उडानलाई कुनै पनि बेला रोक नलगाएको स्पष्ट पारेको छ ।​

आइतवारको पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा भएका अधिकांश दुर्घटना पर्यटन व्यवसायी, पाइलट, प्राविधिकले उडान नियमलाई राम्रोसँग पालना नगर्दा हुने गरेको बताए । उनले हवाई सञ्चालकले ‘चान्स’ मार्ने नियति रहेकाले पनि दुर्घटना बढिरहेको बताए । 

प्राधिकरणले हिमाली क्षेत्रमा १२ बजेपछि उडान अनुमति बन्द गरेमा निजी क्षेत्रका हवाई सेवा सञ्चालकहरूले भने विरोध गरेका छन् । व्यवसायीको विरोध भए पनि क्यानले भने व्यवसायीहरूले नियमलाई अटेरी गरेका कारण बाध्य भएर १२ बजे पछाडि उडान अनुमति रोकेको बताएको छ ।

‘हवाई उडानको नियममा बादल भित्र जहाज जान पाउँदैन । तर यहाँ नियमलाई व्यवसायीले पालन गरेका छैनन्,’ महानिर्देशक अधिकारीले भने – ‘नियम कार्यान्वयन नभएपछि हामीले बाध्य भएर १२ बजेपछिको उडान अनुमति नदिने निर्णय गरेका हौं ।’

यो नियम वर्षाको समयमा मात्रै रहने पनि अधिकारीले बताए । अधिकारी भन्छन्, ‘अहिले पर्यटन सिजन पनि हैन, त्यस्तो आपत पनि केही पर्दैन । हामीले हवाई सुरक्षाका लागि पवित्र काम गरेका हौं ।’ उनी थप्छन्, ‘तर मौसम ठीक छ भने हामी जुन बेला नि अनुमति दिन तयार छौं ।’

salt training

कमेन्ट गर्नुहोस्