१३ असार २०८३, शनिबार

भारतीय नागरिकको मोरङमा शङ्कास्पद मृत्यु, उनकै साथी पक्राउ

साउन २८, २०८०
विराटनगर
भारतीय नागरिकको मोरङमा शङ्कास्पद मृत्यु, उनकै साथी पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा भारतीय नागरिकको रहस्यमय मृत्यु भएको छ । भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको मृत्यु रहस्यमय बनेको हो । 

खानको शव पैनीमा डुबिरहेको अवस्थामा आइतवार दिउँसो साढे १२ बजेतिर फेला परेको थियो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको र शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

खान इटहरीमा एक उद्योगमा भाँडा वर्तन बनाउने काम गर्थे । घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘घटना शंकास्पद देखिएको छ,’ उनले भने, ‘अहिले अनुसन्धान शुरु भएको छ ।’ घटनाको विस्तृत विवरण भने अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए । 

प्रहरीको अनुसार खान चार जना साथीसँग शनिवार सुन्दरहरैँचा आएको बुझिएको छ । उनको साथी पनि उनीजस्तै भाँडा वर्तन बनाउने काम गर्दै आएका थिए । प्रहरीले मृतक खानको साथीलाई नियन्त्रणमा लिएको छ ।

उनको साथीलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान शुरु गरेको एसपी पोखरेलले बताए । ‘खानसँग आएका दुई जना साथी सम्पर्कविहीन छन्,’ उनले भने, ‘अन्य दुई जना साथीको पनि खोजी भइरहेको छ ।’ प्रहरीले पक्राउ गरेका व्यक्तिका बारेमा केही खुलाएको छैन  

salt training

कमेन्ट गर्नुहोस्