२२ जेठ २०८३, शुक्रबार

पहिराेमा मृत्यु हुनेको परिवारलाई सरकारले सात लाख दिने

साउन २८, २०८०
सिन्धुली
पहिराेमा मृत्यु हुनेको परिवारलाई सरकारले सात लाख दिने

सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं.१ ककरेका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रभावित परिवारलाई आइतबार घरमै पुगेर भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रभावित परिवारलाई केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट २ लाख रुपैयाँ र नेपाल सरकारको तर्फबाट ५ लाख रुपैयाँ गरि जम्मा ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता गरेका हुन् ।

यही साउन २२ गते राति मकवानपुर जिल्ला, बागमती गाउँपालिका वडा नं. ५ सिक्रे दोभानको पहिरोमा परि दुई जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता रहेका छन् । पहिरोमा परि २३ वर्षिय शीला स्याङ्तान र ७ महिने शिशु दिव्या पहरीकाे मृत्यु भएको थियो । २६ वर्षिय जीवन पहरी र ३ वर्षे देव पहरी अझै बेपत्ता छन् ।

मन्त्री श्रेष्ठले आज परिवारलाई भेटी मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरे । साथै काजकिरियाका लागि मृतकका परिवारलाई उनले आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ प्रदान गरेका छन्। त्यस्तै नेपाल रेडक्रस सोसाइटी सिन्धुली र उद्योग बाणिज्य संघ सिन्धुलीको तर्फबाट पनि ४४ हजार बराबरको खाद्य र गैरखाद्य सामाग्री सहयोग उपलब्ध गराइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्