११ साउन २०८३, सोमबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : मन्त्रिपरिषद‍्मा हेरफेरदेखि नक्कली भनेर सक्कली डाक्टर पक्राउसम्म

साउन २९, २०८०
काठमाडौं
सरसर्ती २४ घण्टा : मन्त्रिपरिषद‍्मा हेरफेरदेखि नक्कली भनेर सक्कली डाक्टर पक्राउसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।
००००
मन्त्रिपरिषद्मा हेरफेरको निर्णयसँगै जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहको आज शपथ हुने भएको छ । 

जनमतबाट नयाँ मन्त्री बन्ने भएपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमवार बिहान १० बजेलाई शपथग्रहणको कार्यक्रम तय भएको छ । साहले सामान्य प्रशासन नै पाउने या अन्य भन्नेबारे निश्चित भइसकेको छैन ।
००००
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गरेका छन् । 

आइतवार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग बैंकको ब्याजदर कम गर्ने विषयमा छलफल गरेका हुन् । मन्त्री महतले बैंकका सिइओहरुसँग अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले पु¥याउनुपर्ने योदानको विषयमा जानकारी गराए ।
००००
आफ्ना सांसद सुनिल शर्मा पक्राउ परेकोमा शुक्रवार आक्रामक भएका सांसद आइतवार आउँदा उल्टै विरोधमा उत्रिएका छन् ।

सुनिल शर्मालाई प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै शुक्रवार कांग्रेसका अधिकांश सांसदले आपत्ति नै जनाएका थिए । तर शैक्षिक प्रमाणपत्र लिखत किर्ते प्रकरणमा पक्राउ परेका शर्मालाई जिल्ला अदालतले थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

एकातिर पार्टीका सांसदले आफ्नो पक्षमा आवाज बुलन्द गराएको र अदालतले बाहिरै बसेर अनुसन्धान हुने बताएपछि शर्मा थप उत्साहित हुँदै ‘ब्याकफायर’मा परेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर तपाईं नै अबको प्रधानमन्त्री हो भनेपछि शर्माको सद्भाव उल्टै ‘ब्याकफायर’मा परिणत भएको कांग्रेसका एक सांसद बताउँछन् ।
००००
नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘एक्सन’पछि सिम्रिक एयरले ५५ लाख बक्यौता रकम बुझाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सिम्रिकले तिनुपर्ने असार मसान्तसम्मको बाँकी बक्यौता (५५ लाख १२ हजार ११२ रुपैयाँ) आइतवार भुक्तानी गरेको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ किलो सुन नभेटिए पनि गायब पार्नेमाथि आफू नेतृत्वको सरकारले कारवाही गरेको दाबी गरेका छन् ।

आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार  सम्मेलनमा ओलीले आफूभन्दा अगाडिको सरकारको पालामा ३३ किलो सुन आए पनि खोज्दा नभेटिएको तर संलग्नलाई कारवाही गरेको विरोधाभास टिप्पणी गरेका हुन् ।
ओलीले अहिले एउटा होइन धेरै नाकाबाट सयौं केजी सुन आएको आरोप लगाए ।

‘देश यति अप्ठ्यारो र भयावह अवस्थामा छ ।  देशको सुशासन र अर्थतन्त्रमाथि प्रहार भइरहेको छ । मूल्यमान्यता सबैमाथि प्रहार भएको छ । नाकाबाट सय किलो सुन आएको छ । पास भएको छ । फेला परेको छैन’ ओलीले भने, ‘एउटा खानतलासीमा सय किलो सुन निस्कन्छ । यो चुस्की लिने । पार्टीगत पक्षधरताको कुरा हो र ? ‘संसद अवरोध हामीले गरेको होइन । एउटा नाका होइन अरू नाकाको अवस्था के छ ? भन्सारबाट कारोबार हुँदैन । अन्तैबाट कारोबार हुन्छ । के हो राम्ररी छानबिन हुनुर्पयो । सरकारको संलग्नता छैन भने  छानबिनबाट किन तर्सिन्छ ?’  
००००
त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालबस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालबस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाई सजिलै लैजान पाउने छन् ।

विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार जाँच एक्सरे मेशिनमा पुग्नुअगावै स्वयं घोषणाको सुविधा पाउने कार्यालयले जनाएको छ ।
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कमजोरीका कारण नक्कली डाक्टर प्रकरणमा सक्कली डाक्टरसमेत पक्राउ परेको खुलेको छ ।

नक्कली डाक्टरविरुद्धको अपरेसन ‘फोक्सट्रोट चार्ली’मा साउन २५ गते महोत्तरी पिपरा गाउँपालिका–८ का रञ्जितकुमार यादव पक्राउ परेका थिए ।

एउटै नाम भएका व्यक्ति भएकाले अर्कोलाई सीआईबीले पक्राउ गरेको मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले लोकान्तरलाई बताए । ‘एक जना जनकपुरका रहेछन् । अर्का जनकपुर पढेका रहेछन् प्रहरीले जसलाई पहिला भेट्टायो उसलाई समाएछ,’ रजिष्टार अधिकारीले भने ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो ।
००००
१ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीसँगै उनका साथी गुरुदेव यादवलाई पनि पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्