१४ असार २०८३, आइतबार

तनहुँमा पहिरोले पृथ्वी राजमार्ग  अवरुद्ध

साउन २९, २०८०
तनहुँ
तनहुँमा पहिरोले पृथ्वी राजमार्ग  अवरुद्ध

तनहुँमा पहिरोका कारण पृथ्वी राजमार्ग खण्ड पुनः  अवरुद्ध बनेको छ । सोमबार बिहान म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित राजमार्ग सडक खण्डमा पहिरो खसेको हो । 

अबिरल बर्षासँगै सडक माथिबाट पहिरो खस्न गई सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
 उक्त पहिरो हटाउनका लागि स्थानीय पालिका, बिपत् व्यवस्थापन प्रहरी जनशक्ती र चाइनिज कम्पनीसगँ आवश्यक समन्वय भइरहेको प्रहरीको भनाइ छ । 
सो क्षेत्रमा सडक विस्तार भइरहेकाले पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्